रोजगारका लागि कतार गएका एक नेपालीको हृदयघातबाट निधन

कतार । रोजगारका लागि कतार पुगेका एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ।

५ वर्ष पहिले कतार आएका सर्लाहीको कबिलासी ८ का जितिन पासवानको हृदयघातबाट ज्यान गएको हो। उनी त्यहाँको अलिबदा टेक्निकल सर्भिसेस कम्पनीमा कार्यरत थिए।

Advertisement

अस्पतालमा राखिएको उनको शवलाई नेपाल पठाउने तयारी थालिएको बताइएको छ। उनका श्रीमती, एक छोरा र दुई छोरी छन्।

More News last news
Loading...