यी हुन्, डेढ अर्ब ठग्ने बैंकका कर्मचारी (सुची)

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

ब्यूरोले शुक्रबार बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसीसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सीआईबीका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थरी, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ घोटाला भएको छ ।

पक्राउ पर्नेहरु व्यक्तिहरु

  • विष्णु प्रसाद धिताल, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
  • ईच्छा बहादुर गुरुङ, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
  • सुवर्ण राज भण्डारी, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
  • मधुवन लाल श्रेष्ठ, तत्कालीन एपेक्स डेभलपमेन्ट बैकको संचालक
  • ऋषी राज भट्ट तत्कालिन, एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी अधिकृत
  • दुर्गा दत्त जोशी, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ प्रबन्धक
  • रामचन्द्र बसौला, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक महाप्रबन्धक
  • विकास श्रेष्ठ, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
  • सागर न्याैपाने, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली शाखा प्रमुख
  • मानबहादुर राउत , तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
  • विनितमणि उपाध्याय, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको सहायक  महाप्रबन्धक
  • मोहन खरेल, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
  • सुदीप थापा, तत्कालीन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
More News last news
Loading...