काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत एकदिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले अहिले पपुवा न्यूगिनीसँग खेलिरहेको छ।
टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले २७.२ ओभरमा १ सय १४ रनमात्र बनाउन सक्यो ।
नेपालका दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने चम्किएको खेलमा पपुवा न्यूगिनीका कुनै पनि ब्याटसम्यान खुलेर खेल्न सकेनन् ।
४.२ ओभर बलिङ गरेका दिपेन्द्र एक्लैले १४ रन दिएर ४ विकेट लिए । ८ ओभर बलिङ गरेका सन्दीप लामिछानेले २९ रन दिँदै ४ विकेट लिए। करण केसी र सोमपाल कामीले १/१ विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
