बिहे गर्न नमानेपछि आँखा घोचेर युवतीको शरीरमाथि तातो घिउ खन्याइयो

कञ्चनपुर । आफूसँग बिहे गर्न नमानेको भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक युवकले छिमेकी गाउँकी युवतीमाथि निर्घात कुटपिट गरेका छन्।

भीमदत्त नगरपालिका ११ भुजेलाका राकेश चन्दले सोही नगरपालिका ५ वनगाउँकी २३ बर्षकी सुनिता चन्दमाथि बुधबार कुटपिट गरेका हुन्। उनले सुनिताको आँखा औंलाले घोचिदिनुका साथै शरिरमा तातो घिउ खन्याइदिएका छन्।

Advertisement

तातो घिउले शरिरका विभिन्न भाग जलेको छ भने आँखा सुन्निएर टालिएको छ।

महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि युवतीलाई धनगढीको गेटा आँखा अस्पतिाल रिफर गरिएको छ।

सुनिताले घटनाबारे भनिन्, बुधबार बिहान म आँगनमा थिएँ। अचानक राकेश आयो। अस्ति कोसँग घुम्दै थिइस् भन्दै कुट्दै भित्र लग्यो। त्यसपछि सुरुमै औंलाले आँखा घोचिदियो। म केही नदेख्ने भएँ। आमा छेक्न आउँदा आमालाई पनि कुटपिट गर्यो।

सुनिताका अनुसार राकेशले ३ महिनाअघि पनि बिवाह गर्न दबाब दिँदै कुटपिट गरेका थिए। त्यतिबेला जिल्ला प्रहरी कार्यालयमा परिवारसहित बसेर मिलापत्र गरिएको उनले सुनाइन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

More News last news
Loading...