काठमाडौं । न्यायपरिषद्ले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र पठाएको छ ।
परिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीले ३१ साउन मै ६५ वर्ष उमेर पूरा गरेको भन्दै अवकाश पत्र लेखेका हुन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट बुधवार नै प्राप्त पत्रका आधारमा पदमुक्त भएको जानकारी पत्रमा गराइएको छ ।
‘सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पूरा भइसकेको देखिन आएकाले आज मिति २०७४र११र३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनुभएको जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।
हेर्नुहोस् पत्र :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
