नेपाली अमेरीकन कलाकार संघको तेस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा बुडा मगर

पुस्कर बराल

न्युयोर्क । नेपाली अमेरीकन कलाकार संघ नर्थ अमेरीकाको तेस्रो अधिवेशन गत मार्च ११ का दिन न्युयोर्कमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ। कार्यक्रममा न्यू योर्क लगायत अन्य शहरका नेपाली समाजका अगुवा तथा संघरसंस्थाका नेतृत्व वर्ग तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Advertisement

अमेरीकामा आएर पनि कलाकारहरु बीच एकता तथा संगठित भएकोमा संघरसंस्थाका नेतृत्व तथा प्रतिनिधिहरुले कलाकारहरुको प्रशंसा गरे। यसको साथै नेपाली समुदायलाई कलाकारले दिएको मनोरन्जन र कार्यको बारेमा चर्चा परिचर्चा गर्दै शुभकामना दिएका थिए।

अमेरीकामा पहिलो पल्ट सन २०१२ मा नायिका गौरी मल्लको समयमा गठन भएको कलाकार संघ अहिले तेस्रो अधिवेशमा आई पुग्दा नायिका गौरी मल्ल गायक गोम्बु शेर्पा हुँदै अहिले लोकगायक सुमन बुडा मगर नेतृत्वमा छन्।

गत मार्च ११ तारिख सम्पन्न निर्वाचनमा दोश्रो पटक सुमन बुडा मगर निर्वाचित भए। हिजो संपन्न अधिवेशनमा निबर्तमान महासचिव अभय ढुंगेल उप बिजेता भए। केहि पद निर्बाचन प्रकृयाबाट र केहि निर्विरोध गरेर नया कार्य समिती चयन भएको छ।

जसमा अध्यक्षमा सुमन बुडा मगर तथा बरिष्ठ उपाध्यक्षमा निसा सुनार छन्। यसै गरि उपाध्यक्षमा खड्गबहादुर (विक्की) पुलामी मगर, बसन्ती राई, गीता बिर्लाकोटी, एत्ना कार्की र पार्वती राई, साथै रचनाकार उपाध्यक्ष (खाली रहेको), महासचिवमा लोकदोहोरी गायक बिमल डाँगी, सचिब सौरमराज तुलाधर, कोषाध्यक्ष संगिता थापा मगर, सह-सचिव मुना भण्डारी, सह-कोषाध्यक्ष प्रेम सेन्चुरी र युवा संयोजक रूबिन शर्मा छन्।

यसै गरि क्षेत्रीय उपाध्यक्ष (वेष्ट कोश) रामसिंह बस्नेत छन्। त्यसै गरि कार्य समिति सदस्यहरूमा पुष्कर बराल, सुवर्णकुमार शाक्य, दिलिपकुमार मगर, पूजा न्यौपाने, सुरेन्द्र बास्तोला, रामकुमार सिंह, दीपा थापा, नविन स्रेष्ठ र सुवास चन्द्र मोक्तान छन्। उक्त सम्मेलनमा सुवर्ण क्षेत्रीलाई संघ ले ” जीवनकाल कार्यसम्पादन ” पुरस्कार द्वारा सम्मान गरिएको थियो।

अमेरीकन कलाकार संघको अधिवेशन हरेक दुई दुई बर्षमा हुने गर्दछ। उक्त कार्यक्रममा युएसनेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप परियार थापा तथा तथा ईनेप्लिज कि आवासीय सम्पादक सच्ची मैनालीलाई कामको प्रशंसा गरिएको थियो।

More News last news
Loading...