दुर्घटनाग्रस्त जहाजमा ३३ नेपाली रहेको खुल्यो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३३ जना नेपाली भएको खुलेको छ ।

७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ। जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर अस्पताल लगिएको छ।

Advertisement

उद्दार गरिएका २८ मध्ये कति नेपाली छन् एकीन छैन। उद्दार गरेर अस्पताल लगिएका केही यात्रुको पनि मृत्यु भइसकेको छ।

More News last news
Loading...