काठमाडौँ । श्रीमती युएई गएको ९ महिनामा फर्किएको खबर आयो वीरबहादुर तामाङलाई । उनलाई मनिषा आउने केही थाहै थिएन । श्रीमती फर्किएको खबर उनीसँगै युएई गएकी वीरबहादुरकी दिदी सविनाले सुनाएकी थिइन् । तर के कारणले ९ महिनामै फर्किएको हो भन्ने चाहिँ थाहा भएन ।
दिदीले भनेपछि वीरबहादुर र ६ वर्षकी छोरी प्रमिसा घर आउने बाटो हेरिरहेका थिए । तर न मनिसाले काठमाडौँ आइपुगेँ भनेर फोन गरिन् न घर पुगिन् । मनिसा दुवईबाट हिँडिन भनेको ८ दिन भयो तर उनी अहिलेसम्म घर पुगेकी छैनन्।
२०७३ साल जेष्ठ महिनाको कुरा हो । उदयपुरको रौतामाई गाउँपालिका – ७ मुर्कुचीकी मनिषा तामाङ परिवार र पाँच वर्षकी बालिकालाई छोडेर रोजगारीका दुबई गइन् । रोट्स मेनपावर मार्फत दुबई गएकी श्रीमतीले एडभान्स कम्पनीमा क्लिनरको काम पाएँ भनेर वीर बहादुरलाई सुनाइन्।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
