सभामुख कृष्ण बहादुर महराद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन्।

नेकपा माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित थिए।

Advertisement

सभामुख महराले संवैधानिक पदमा पुगेपछि मर्यादित पोशाक लगाउनुपर्छ भन्ने अन्य नेताहरुको पनि दबाव आएपछि महराले दौरा सुरुवाल, खरानी रंगको कोट, स्वीटर र भादगाउँले कालोटोपी लगाएका थिए।

सभामुख महरामाथि प्रतिनिधिसभाको बैठक सन्चालन गर्दा पनि औपचारिक पोशाक लगाउन दबाव परेको छ। माओवादीबाट दुईजना नेता प्रचण्ड र बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि दौरा सुरुवाल लगाएनन् ।

संवैधानिक पदमा पुगेपछि नन्दबहादुर पुनले भने उपराष्ट्रपति भएपछि दौरा सुरुवाल लगाउने परम्परा बसाएकोमा महराले निरन्तरता दिएका छन् ।

More News last news
Loading...