पुरुष भन्दा अन्धोपनाको जोखिम महिलाहरुमा बढी

काठमाडाैं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले फ्रेड हलोज फाउण्डेसनको सहकार्यमा लैगिंक आँखा स्वास्थ्य सम्बन्धी एउटा अध्ययनपत्र प्रकाशित गरेको छ । अध्ययनपत्रले महिलामा आँखा स्वास्थ्यको पहुँच र यसको प्रभावबारे प्रकाश पारेको छ ।

अन्तर्राष्ट्रिय एजेन्सी फर द प्रीभेन्सन अफ व्लाइण्डनेसले हालै प्रस्तुत गरेको उक्त अध्ययन अनुसार विश्वमा कुल अन्धोपनामध्ये ५५ प्रतिशत महिला रहेकोमा ती महिला निम्न र मध्यम आय भएका देशहरुमा बसोबास गर्दछन्।

Advertisement

महिलाहरुमा अन्धोपनाको जोखिम पुरुषको तुलनामा १.३ प्रतिशत बढी हुन सक्ने उक्त अध्ययनले जनाएको छ।

अध्ययन अनुसार प्रत्येक ५ जना दृष्टिविहीनमध्येे मध्ये ४ जनाको आँखा उपचार गर्न सकिने र उपचार गरेको खण्डमा ५ जनामध्य ४ जनाको आँखा ठीक पार्न सकिने समेत अध्ययनमा उल्लेख छ ।

त्यस्तै, उक्त अध्ययनले सन् २०५० सम्ममा विश्वमा अन्धोपनाको भार तीन गुणाले बढ्ने सम्भावना रहेको समेत अन्तर्राष्ट्रिय एजेन्सी फर द पि्रभेन्सन अफ व्लाइण्डनेसले सार्वजनिक गरेको अध्ययनमा उल्लेख छ ।

‘दृष्टिदोष तथा आँखा सम्बन्धी समस्या यस्तो समस्या हो, जसको समयमै उपचार गर्न नसकेको खण्डमा एउटा व्यक्तिलाई मात्र नभइ उसको सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने गर्छ ।’ फ्रेड हलोज फाउण्डेसनका क्षेत्रीय निर्देशक रमेश पुरीले भने ।

दिगो विकास लक्ष्य प्राप्ति तथा आर्थिक वृद्धि सगै भिजन २०२० लक्ष्य प्राप्तिका लागि आँखा स्वास्थ्य सेवामा महिला र बालिकाको पहुँच बढाउँदै सम्पूर्ण किसिमका असमानता हटाउन समेत आवश्यक रहेको उनले बताए ।

अध्ययन प्रकाशित गर्ने क्रममा तिलगंगा आखा अस्पतालकी कार्यकारी निर्देशक डा. रीता गुरुङ्गले नेपालमा आखाको उपचार सम्बन्धी सेवा पाउनेमध्ये जम्मा ३० देखि ३५ प्रतिशत सेवाग्राहीले मात्र आँखाको उपचारको सेवा पाइरहेको बताइन् । यद्यपी, सेवा लिनेमध्य पुरुषको तुलनामा महिलाहरुको उपस्थिति सन्तोषजनक नरहेकोसमेत उनले बताइन् ।

महिलामा भएको कुल अन्धोपनको भारको आधारमा ६० प्रतिशत सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५३ प्रतिशत प्रयोग गरेको उनले बताइन् ।

More News last news
Loading...