मेष
साताको प्रारम्भमा विभिन्न चुनौती पन्छाउँदै विविध काम सम्पन्न गर्न सकिनेछ । सोमबारपछि नयाँ किसिमका योजना तर्जुमा हुन सक्छन् । प्रतिस्पर्धीहरूलाई सहजै पछि पार्दै विशेष कामको जग बसाइनेछ । मन मिल्ने साथीसँग भलाकुसारी गर्ने संयोग जुर्नेछ । साताको अन्त्यमा लामो दूरीको यात्रा तय गर्नुपर्नेछ ।
वृष
अरूको काममा समय खर्चनुपर्ने हुनसक्छ । सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । भाग्यले असल साथी जुराउन सक्छ । पुख्र्यौली धन प्रयोग गर्दै नयाँ व्यवसाय सुरु गर्न सकिन्छ । मेहनत गर्न सके नयाँ रोजगारीमा प्रवेश तथा पदोन्नतिको सम्भावना टरेको छैन ।
मिथुन
प्रेमसम्बन्धमा अमिलोपन उत्पन्न हुनसक्छ, एक–अर्कालाई बुझ्ने प्रयत्न गर्नुहोला। विदेश जाने अवसर जुट्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन । मनोरञ्जनका क्रममा समयको हेक्का राखे आफ्नै भलो हुनेछ। साताको अन्त्यमा अर्थ अभावले सताए पनि ठूलाबडाको आशीर्वादका कारण समस्याको गाँठो फुक्नेछ।
कर्कट
नियमित काममा अवरोध सिर्जना हुनसक्छ । धैर्यपूर्वक कार्य सम्पादन गर्नुहोला । नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ । हड्डी तथा नशासम्बन्धी रोगले सताउन सक्छ । योग एवं शारीरिक व्यायामलाई निरन्तरता दिनुहोला। यात्रा गर्ने क्रममा बढी खर्च भै तनाव सिर्जना हुनसक्छ । संयमपूर्वक व्यवहार गर्नु नै आफ्नो हितमा हुनेछ।
श्रीदेवीलाई सम्झन उनका पतिको यस्तो योजना
सिंह
साथीहरूको सहयोगमा महत्वपूर्ण काम फत्ते गर्न सकिनेछ । साइनो गाँस्नेहरूसँग टाढा रहनुमै आफ्नो कल्याण छ । विगतको सफलताले काममा उत्साह थप्नेछ । सामाजिक उत्सव तथा भोज–भतेरमा समय खर्चनुपर्नेछ । साताको अन्त्यमा भौतिक सुख–सुविधाका साधनप्रति आकर्षित भइनेछ ।
कन्या
आफ्ना गोप्य योजना बाहिरिनाले समस्या सिर्जना हुनसक्छ । शुभचिन्तक तथा मन पराउनेहरूको सहयोगमा सहजै लक्ष्य फेला पार्न सकिनेछ । अनुशासन एवं मर्यादा पालनले आफूलाई थप उचाइमा पुर्याउनेछ । साताको अन्त्यमा पूर्वको यात्राबाट विशेष फाइदा मिल्नेछ ।
तुला
पुण्य प्राप्तिमा रुचि बढ्नेछ । अनुकूल अवस्थामा कार्य सम्पन्न गर्न ढिलाइ गर्दा पछि पर्न सकिन्छ । मित्रवर्गले दिएको वचनअनुरूप समयमै सहयोग गर्नेछन् । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना टरेको छैन । उधारो कारोबार गर्दा सावधानी अपनाउनुहोला ।
वृश्चिक
सुस्त गतिमा काम गर्नाले अवसरहरू फुत्कने सम्भावना छ । मनले नचिताएको स्थानको यात्रा गर्ने बाध्यता आइलाग्न सक्छ। समस्याको गाँठो फुकाउन शुभचिन्तकहरूले सहयोग गर्नेछन् । कृषि तथा पशुपालनसम्बन्धी व्यवसाय गर्न लालायित भइनेछ।
जब गुगलले आत्महत्या गर्नबाट रोक्यो
धनु
विपक्षीले आफ्ना कमजोरीको फाइदा उठाउने प्रयत्न गर्नेछन । विवेक तथा धैर्यताको उपयोगले प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ । सामाजिक क्षेत्रमा प्रशंसनीय कार्य सम्पादन गर्न सकिनेछ । मन पराउनेहरूबीचको सम्बन्ध खलबलिन सक्छ । कम बोल्नुमै दुवैको भलो छ । तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना निम्तिन सक्छ ।
मकर
प्रातस्भ्रमण र योगले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नेछ । इच्छा नहुँदा–नहुँदै भ्रमणमा सहभागि भइनेछ । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्दा मन खिन्न होला । प्रतिस्पर्धीहरूले पिछा गर्ने हुनाले कुनै पनि काम गर्दा चनाखो रहनुहोला ।
कुम्भ
अपांग तथा वृद्धवृद्धालाई मन तथा धनले सहयोग गर्नुहोला । अन्तर्वार्ता तथा परीक्षाहरूमा सहभागी हुँदा रामै्र परिणाम प्राप्त हुनेछ । अवसरले थप मेहनतको अपेक्षा गरेको छ । विलासी वस्तुका लागि केही खर्च गर्नुपर्ने हुन सक्छ ।
मीन
आफ्ना कमी–कमजोरीप्रति टिप्पणी तथा गुनासो बढ्न सक्छ। नौला वस्त्र तथा भोग विलासमा आकर्षित भइनेछ । कार्यक्षेत्रमा सफलताको मार्ग पत्ता लाग्नेछ । परिवर्तित खानपान तथा जीवनशैलीमा विशेष संयम अपनाउनुहोला । साताको अन्त्यमा प्रभावशाली व्यत्तित्वहरूसँग भलाकुसारी गर्न पाइनेछ।
भारतमा भएकाे सडक दुर्घटनामा जाजरकोटका हरिबहादुरको मृत्यु
आमाका लागि १० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार
एजेन्सी । अमेरिकाको कन्सासमा २० वर्षीया एक युवति छन्, दनेशा। उनको बारेमा थाहा पाउनेहरु दंग पर्छन्। कन्सासकी दनेशा केही महिनाअघि मात्रै छैटौँ सन्तानकी आमा बनेकी छन्। दनेशा काउचा नामकी ती युवतिले २६ महिनामै ६ बच्चा जन्माएकी हुन् । उनले २६ महिनाको अवधिमा ३ पटक गर्भवती भएर बच्चा जन्माइन् र ३ पटक
जिन्स प्यान्टको दाहिनेपट्टीको सानो खल्तीको प्रयोग आश्चर्यजनक !
एजेन्सी । जिन्स प्यान्टमा दाहिने खल्तीमाथि एउटा सानो खल्ती हुने गर्छ। त्यो खल्तीको बारेमा याद भएतापनि धेरैजसोले त्यो खल्तीको प्रयोग गरिदैन। सन् १८०० ताका, ‘काउब्वाइ’हरूले आफ्नो घडीलाई चेनमा बाँधेर आसकोटभित्र राख्ने गर्दथे। यसरी आसकोटभित्र राख्दा सजिलैसित घडी हराउने अथवा बिग्रने गर्दथ्यो। यहि कारणले गर्दा नै ‘लिभाइ स्ट्रस’ ले प्यान्टको खल्ती नजिकै
आमाका लागि १० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार
मुम्बइ। शगुफ्ता रफीक बलिउडको पर्दापछाडिको त्यो नाम हो जसलाई निकै कमले चिनेका छन् । तर, बलिउडमा उनको योगदान निकै ठूलो छ । ‘आशिकी २’ जस्तो सफल फिल्मी लेखिका शगुफ्ता १७ वर्षको उमेरमा बाध्यताका कारण यौनकर्मी बनेकी थिइन् । यो कुराको खुलासा स्वयं शगुफ्ताले एक अन्तरवार्तामा गरेकी थिइन् । उनका अनुसार उनी
“आमाका लागि १० वर्षसम्म यौनकर्मी बनेकी युवती यसरी बनिन् बलिउड स्टार”
एक कुमारी युवती जो अचानक जुम्ल्याहा बच्चाकी आमा बनिन्
बीबीसी। आइतबार विहान जब सधैं झैं काममा निस्किएँ त्यतिबेला मलाइ थाहा थिएन की म दुई सन्तानकी आमा बनेर घर फर्किन्छु। त्यो आइतबारको विहान थियो, त्यसैले अस्पताल चाँडै पुग्नुपर्ने थिएन्। म आरामसँग घरको काम गरिरहेकी थिएँ, त्यतिबेलै फोन आयो र भनियो इमर्जेन्सी केस आएको छ। ‘एक महिलालाई डेलिवरी गराउने पर्ने छ, किनभने उनको
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)





