एजेन्सी । हालै पाकिस्तानमा बलिउड फिल्म ‘परी’माथि प्रतिबन्ध लगाइयो । यहाँको सेंसर बोर्डले फिल्ममा कालो जादूलाई प्रचार गरिएको भन्दै फिल्ममाथि प्रतिबन्ध लगाएको हो । सेन्सरबोर्डका अनुसार कालो जादू इस्लामको विरुद्ध हुन्छ । कालो जादू मात्र होइन दैनिक जीजनका कैयौं कामहरु इस्लाममा प्रतिबन्धित छन् । यी कामहरुको बारेमा कुरान र सुन्नाहमा स्पष्ट उल्लेख गरिएको छ ।
१. ट्याटुः इस्लाममा ट्याटु बनाउनु प्रतिबन्धित छ । कुनै पनि महिलाले ट्याटु बनाएमा ती महिला र जसको लागि ट्याटु बनाइएको हो त्यो व्यक्तिलाई अभिषाप प्राप्त हुने कुरानमा उल्लेख छ । इस्लाममा आँखीभुइँ बनाउनु र दाँत सिधा बनाउनु समेत प्रतिबन्धित छ ।
२. ब्याजमा पैसा दिनुः इस्लाममा ब्याजमा पैसा लिनु दिन प्रतिबन्धित छ । यसलाई रिबा भनिन्छ र यो बलात्कार भन्दा ३६ गुणा खराब बताइएको छ ।
३. पुरुषलाई रेशम र सुन लगाउनुः इस्लाममा पुरुषलाई सुन र रेशम लगाउनु प्रतिबन्धित छ । यी कुराहरु महिलाको पहिरन र आभुषणमा पर्ने भएकोले पुरुषका लागि प्रतिबन्धित छन् । इस्लाममा पुरुष महिलाजसरी रहनु र महिला पुरुषजसरी रहनु प्रतिबन्धित छ ।
४. फिल्मी संगीतः इस्लाममा फिल्मी संगीत समेत प्रतिबन्धित छ । सामान्य संगीतको विषयमा इस्लाममा बहस चलिरहेको भए पनि फिल्मी संगीत भने प्रतिबन्धित छ ।
५. मदिरा र जुवाः इस्लाममा मदिरापान गर्नु र जुवा खेल्नु प्रतिबन्धित छ । अल्लाह र उनका पैगम्बरले यी कुराहरु प्रतिबन्ध गरेको बताइन्छ । कुरानमा यसबारे उल्लेख गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
