मुम्बइ । श्रीदेवीको निधनको १० दिन पछि नै उनकी छोरी जाह्नवीले जन्मदिन मनाइन् । यो जन्मदिन श्रीदेवी धुमधामसँग मनाउन चाहन्थिन्।
उनको यच्छा पूरा गर्नको लागि कपुर परिवारले यो दिन धुमधामसँग जाह्नवीको जन्मदिन मनाए। यो अवसरमा जाह्नवीलाई धेरैले शुभकामना दिए।
यही बीचमा अक्षत रंजन नामका युवकले पनि उनलाई जन्मदिनको शुभकामना दिए। जाह्नवीले अक्षतलाई यसको जवाफमा आइ लभ यु लेखेर दिइन्।
जाह्नवी र अक्षतको प्रेमको चर्चा चलेको छ । यी दुई फिल्म डियर जिन्दगीको स्क्रिनिङमा सँगसँगै देखिएपछि यसको चर्चा बढेको हो। अक्षत अमेरिकामा टफ्टस युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गर्दैछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
