कलियुगको संकेत, एउटा अण्डा फुटाउँदा भित्रबाट निस्कियो अर्को अण्डा !

एजेन्सी। अस्ट्रेलियाको क्विन्ल्याण्डमा कुखुरा फार्म चलायरहेका एक किसानसँग यस्तो घटना भयो कि उनको होस उड्यो।

स्कट स्टकम्यान नामका ती कृषकका अनुसार एक दिन अण्डा जम्मा गर्दा गर्दै उनले यस्तो अण्डा भेटे जो अन्य अण्डाभन्दा तीन गुणा ठूलो थियो।

Advertisement

उत्सुकतावश उनले अण्डा फोरेर हेर्दा उनी चकित परे। अण्डाभित्रबाट अर्को अण्डा निस्कियो । यो अण्डाको तौल १७६ ग्राम पिथो जुन आम अण्डाको तुलनामा ३ गुणा बढी हो।

यो अण्डा हातमा राख्दा हत्केलाभरीको थियो। स्टकले अण्डा फुटाउने बेला आफ्ना सबै स्टाफलाई बोलाएर देखाएका थिए। उनहिरुले अण्डाभित्रको पहेंलो भाग एकभन्दा बढी हुन सक्ने अनुमान गरेका थिए तर भित्रबाट अर्को अण्डा निस्कियो।

More News last news
Loading...