काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई माओवादीमा पुनर्मिलनमा आउन आग्रह गरेका छन्।
मंगलबार माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई माओवादीमा भित्र्याउँदै बाबुरामलाई पनि पुनर्मिलनमा आउन आग्रह गरेका हुन् ।
‘बाबुराम जीलाई म यहिँबाट भन्छु, लाज नमानी फर्किनुस्, आफ्ना साथीहरुसँग लजाउनुपर्दैन् ।’ हामी सबै तपाइँकै साथी हौं ।’
जनयुद्धलाई स्मरण गर्दै प्रचण्डले अहिले साथीहरुले रहर गरेर युद्ध नहुने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
