काठमाडौं । प्रतिनिधिसभा सभामुखको चुनाव २६ गते शनिवार हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकले प्रतिनिधिसभाको सभामुखको चुनाव फागुन २६ गते गर्ने निर्णय गरेको हो।
२६ गते दिउँसो १ बजे बस्ने बैठकले नयाँ सभामुख चयन गर्नेछ। यस्तै मंगलबारको बैठकले संसद बैठक सञ्चालको लागि चाहिने तिनिधिसभा नियमावली बनाउन १३ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ।
समितिमा कृष्णभक्त पोख्रेल, जूलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडु, देव गुरुङ, प्रेम सुवाल, बृजेशकुमार गुप्ता, मिन विश्वकर्मा, मिनेन्द्र रिजाल, रविन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव रहेका छन्।
समितिले १ महिनाभित्र नियमावलीको मस्यौदा बनाउने जिम्मा पाएको छ । प्रतिनिधिसभाको अर्को बैठक २६ गते १ बजेसम्मका लागि स्थगित भएको छ।
यस्तै मंगलबार नै बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रियसभा सञ्चालन नियमावली बनाउन ९ सदस्यीय समिति पनि गठन गरेको छ। राष्ट्रियसभाको अर्को बैठक फागुन ३० गते बस्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
