बाबुराम भट्टराईलाई फेरी झड्का, खिमलाल देवकोटा आज माओवादीमा फर्कँदै

काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्तासमेत रहेका खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा फर्किने भएपछि पार्टीका संयोजक डा। बाबुराम भट्टराईसहितलाई झट्का लागेको छ।

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटा नेकपा माओवादी केन्द्रमा फर्किने भएका छन्। देवकोटाका लागि आज २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वागत कार्यक्रम राखिएको छ।

Advertisement

देवकोटासहितका नयाँ शक्तिबाट आउन लागेका नेताहरुलाईलाई पेरिस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गर्नेछन्।

बाबुरामले नयाँशक्ति बनाएपछि माओवादी छाडेका देवकोटा केही वर्षमै माओवादीमा फर्किन लागेका हुन्।

More News last news
Loading...