पोखरा । बेनी नगरपालिका–९ गलेश्वरमा आज ट्रयाक्टर दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ।
गलेश्वरदेखि बेनी आउँदै गरेको ग १ त २५५८ नं. को ट्रयाक्टर गलेश्वरमा निर्माणाधीन बसपार्क नजिकैबाट कालीगण्डकी नदीमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक रघुगंगा गाउँपालिका-३ का राम विक र ट्रयाक्टरमा रहेका बेनी नगरपालिका-९ गलेश्वरका गणेश कार्कीको उपचारका क्रममा जिल्ला अस्पताल बेनीमा मृत्यु भएको जिल्ला ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए।
तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
