यो वर्षको अस्कर अवार्ड ‘द शेप अफ वाटर’ लाई, यस्तो छ कथा

बीबीसी । यो वर्षको अस्कर अवार्ड मेक्सिकन निर्देशक गिलेर्मो देल तोरोको चलचित्र द शेप अफ वाटरले जितेको छ। यो चलचित्र सन् १९६० मा बनेको थियो।

सोभियत संघ र अमेरिकाबीच भएको शीतयुद्धका बेला उक्त चलचित्र निर्माण गरिएको हो। चलचित्रकी मुख्य पात्र एलिसा बोल्न नसक्ने बाल्टिमोरस्थित एक जासुसी उच्च सुरक्षायुक्त ल्याबमा सफाइको काम गर्छिन्।

Advertisement

उनीसँगै जेल्डा पनि त्यसमै काम गर्छिन्। उनीहरु जुन ल्याबमा बाम गर्छन् त्यहाँ वैज्ञानिक डा हफस्टेटलर पनि काम गर्छन्। उनी रुसी जासूस हुन। उक्त चलचित्रमा ल्याबको ट्यांकमा बस्ने जलचर जीवलाई महत्वपूर्ण भूमिका दिइएको छ। त्यसको भूमिका डग जोन्सले निभाएका छन्।

प्रयोगशालामा यो जीवलाई यातना दिइन्छ। एलिजाले उक्त जीवसँग सम्बन्ध बढाउँछिन् र चलचित्रको कथा अघि बढ्छ। जलचर प्राणीलाई बचाउन एलिसाले कस्तो सम्म प्रयास गर्छिन भन्ने यस चलचित्रको मुख्य कथाबस्तु रहेको छ।

More News last news
Loading...