अनिल खनालका शब्दले टिकटक ततायो (भिडियोसहित)

काठमाडौं l नयाँ नेपाली फिल्म ‘मायाको गाउँ’ मा समावेश गरिएको ‘सबले भन्छन् जिन्दगी त’ बोलको गीत पछिल्लो समय टिकटकमा व्यापक रूपमा लोकप्रिय बनेको छ। गीतकार अनिल खनालका भावनात्मक र जीवनसँग जोडिएका शब्दले दर्शक–श्रोताको मन छोएको छ।

प्रेम, सम्बन्ध, धोका र पीडाका भावलाई सरल तर प्रभावशाली ढंगले प्रस्तुत गरेका अनिल खनालका शब्दले गीतलाई अझै सशक्त बनाएको छ। गीतमा प्रोसेस पाण्डेको स्वर र अर्जुन पोखरेलको संगीत रहेको छ।

साइराम पिक्चर्समार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा त्रिविक्रम सिंह राणा लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा गीतका शब्द प्रयोग गर्दै बनाइएका भिडियोहरू भाइरल भइरहेका छन्।

गीतप्रतिको यो चर्चाले फिल्म ‘मायाको गाउँ’ प्रति दर्शकको चासो समेत बढाएको छ।

More News last news
Loading...