मेस्सीले बनाए अर्को नयाँ रेकर्ड !

काठमाडौँ । बार्सिलोनाका स्ट्राइकर लियोनेल मेस्सीले नयाँ रेकर्ड बनाएका छन्।

स्पेनिस ला लिगा अन्तरगत गएराति भएको खेलमा मेस्सीले एथ्लेटिको मड्रिडविरुद्ध गोल गर्दै आफ्नो गोल संख्या ६०० पुर्याएका हुन्।

Advertisement

मेसीले खेलको ३० औँ मिनेटमा एट्लेटिको मड्रिडको डी बक्स भन्दा केही बाहिरबाट पाएको फ्री किकलाई गोलमा परिणत गर्दै कीर्तिमानी ६ सयौँ गोल गर्न सफल भएका हुन्। बार्सीलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा एथ्लेटिको मड्रिड १ ० गोलले पराजित बन्यो ।

मेसीले आफ्नो करिअरमा पहिलो गोल पनि बार्सिलोनाकै लागि गरेका थिए। त्यसपछि उनले सयौँ, दुई सयौँ, तीन सयौँ, पाँच सयौँ र ६ सयौँ गोल पनि मेसीले बार्सिलोनाकै लागि गरे।

२७ खेलबाट बार्सिलोनाको ६९ अंक छ भने २७ नै खेल खेलेको एथ्लेटिकोको ६१ अंक छ।

More News last news
Loading...