पोखरा । लमजुङ्गमा आइतबार ट्याक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालकको मृत्यु भएको छ ।
आइतबार बिहान लमजुङ सुन्दबजार ६ पुरानोडिहीको कच्चि सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा परी लमजुङ ७ सातबिसेका २१ बर्षीय रविन जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहान करिब ७:४० बजेको समयमा बरेटारबाट नारनथान तर्फ जादै गरेको ना ५ त ६७२७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल खस्दा जिसी गम्भीर घाइते भएका थिए । प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालका अनुसार गम्भीर घाइते जिसीको उपचारको क्रममा कर्मदा अस्पतालमा मृत्यु भएकोले हो ।
मृतकको शबलाई पोष्मार्टमको लागी जिल्ला सामुदायिक अस्पत्ताल लमजुङमा ल्याईएको प्रहरीले बताएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
