काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले मनोनयन दर्ता गरेको छन् ।
काँग्रेस संसदीय दल सिंहदरबारमा भर्खरै वारेसनामा मार्फत देउवाको उम्मेद्वारी काँग्रेस नेता बालकृष्ण खाणले उम्मेद्वारी दर्ता गरेका हुन् ।
देउवाको उम्मेद्वारीको प्रस्तावकमा बिजयकुमार गच्छदार र समर्थकमा मानबहादुर विश्वकर्मा रहेका छन् ।
दलको नेताका लागि भोली १० बजेदेखि १ बजेसम्म निर्वाचन हुँदैछ ।
नेताका लागि प्रकाशमान सिंहले पनि केहिबेरमा उम्मेद्वारी दर्ता गर्ने स्रोतले बताएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
