काठमाडौं । तेस्रो कवासे रमाइलो महोत्सवका दर्शकहरुको भीड लागेको छ । 
फागुन १६ गतेबाट शुरु भएको महोत्सवमा विभिन्न कलाकारको प्रस्तुतीसहित कालिमर्याङ होमस्टको अवलोकन तथा भुलभुले बाराही मन्दिरको दर्शन, कृषि तथा हस्ताकला प्रर्दशनी, बाल उद्यान, आमा समुह स्तरिय रत्यौली गीत प्रतियोगीता, बिद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगिता, लाँखेनाच, कौडा नृत्य र झाँकी प्रर्दशनी लगायतले दर्शककोे मन जितेको क्लवका सचिव सुरज लम्सालले जानकारी दिए।
लम्सालका अनुसार महोत्सवको चौेथो दिनसम्म आइपुग्दा २० हजार वढी दर्शकले अवलोकन गरिसकेका छन् । अन्य दिनहरुमा भन्दा सार्वजनिक बिदा र शनिबारका दिन दर्शकको अझ वढी भिड लाग्ने गरेको उनले बताए । 
शनिवार (हिजो) लोकगायिका पितृ आले, शंकर पन्त, अमर धिताल र चर्चित गायिका सीता केसी लगायतकको प्रस्तुतीले दर्शक झुमेका थिए भने आज लोक दोहोरी गायिका स्टेज क्विन भनेर चिनिने भुमिका गिरिको प्रस्तुुती रहेन छ ।
आयोजक कवासे युनाइटेड युथ क्लवका अनुसार चौथो दिनसम्म आइपुग्दा करिब १८ लाख बराबरको कारोबार भएको छ । महोत्सव यही फागुन २२ गतेसम्म चल्ने छ ।
महोत्सवका केहि झलकहरु :
तस्बिर सौजन्यः सुरज लम्साल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
