बुटवल । प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ।
मस्यौदाअनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९ सय छ। मन्त्रीको तलब ५२ हजार रहेको छ।
त्यस्तै प्रदेश सांसदको पारिश्रमिक ४५ हजार रुपैयाँ हुनेछ। आवास, सवारी इन्धन, दैनिक भत्ता, भ्रमण भत्तालगायत सुविधा पनि छन् । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
