स्याङ्जा। पुतलीबजार नगरपालिका–११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ। सोमबार आयोजित समारोहमा नगरप्रमुख तुलसीराम रेग्मीले भवनको उद्घाटन गरेका हुन्। करिब ८० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनबाट स्थानीय नागरिकलाई वडा तहबाटै प्रशासनिक तथा सार्वजनिक सेवा प्रवाह गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नगर प्रमुख रेग्मीले स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री, सहज र प्रभावकारी बनाउन भौतिकपूर्वाधारसँगै सेवा प्रणालीको सुदृढीकरण पनि आवश्यक रहेको बताए। नगर उपप्रमुख देवी अर्यालले पनि शुभकामनामन्तव्य व्यक्त गरिन्। कार्यक्रममा वडा नं. ५ का अध्यक्ष अर्जुनकुमार कार्की, नेपाली कांग्रेसका वडा सभापति ईश्वरीप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य राखे।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रदिप चन्द्र सुवेदी, विभिन्न वडाका अध्यक्षहरु,कार्यपालिका सदस्य,जनप्रतिनिधि,पुतलीबजार नगरपालिकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख एवम् प्रतिनिधि,सन्चारकर्मी तथा स्थानियहरुको उल्लेख्य सहभागित थियो। वडा अध्यक्ष तथा नगर प्रवक्ता मनोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य सञ्चिता नेपाल अर्यालले स्वागत मन्तव्य व्यक्त गरिन भने सञ्चालन निवर्तमान वडा सचिव बलबहादुर थापाले गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
