स्थानीय चुनावका लागि कांग्रेसको ‘इलेक्सन ब्युरो’ सक्रिय, सय पालिकामा महिला नेतृत्वको तयारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १७ सदस्यीय ‘इलेक्सन ब्युरो’मार्फत उम्मेदवार छनोट र निर्वाचन तयारी अघि बढाउने भएको छ। सभापति गगनकुमार थापाले ७५३ स्थानीय तहमध्ये कम्तीमा १ सय पालिकाको प्रमुख वा अध्यक्षमा महिला उम्मेदवार बनाउने तयारी रहेको बताएका छन्।

उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्युरोमा ८ राजनीतिक र ९ प्राविधिक सदस्य छन्। ब्युरोले सम्भावित उम्मेदवारको पहिचान, छनोट तथा निर्वाचनसम्बन्धी तयारीलाई व्यवस्थित गर्नेछ। यसपटक कांग्रेसले उम्मेदवार छनोटमा पार्टीमा लामो समय काम गरेको आधारसँगै योग्यता, क्षमता, सामाजिक प्रभाव र नेतृत्व कौशललाई समेत प्राथमिकता दिने तयारी गरेको छ।

Advertisement

आवश्यकताअनुसार पार्टीबाहिरका योग्य व्यक्तिलाई समेत उम्मेदवार बनाउन सकिने बताइएको छ। ब्युरो सदस्य एवंअर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीका अनुसार योग्यता र योगदान दुवैलाई आधार बनाएर उम्मेदवार छनोट गर्ने प्रणाली विकास भइरहेको छ। महाधिवेशनपछि कांग्रेसले स्थानीय निर्वाचन केन्द्रित गतिविधिलाई थप तीव्र बनाउने तयारी गरेको छ।

More News last news
Loading...