पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधिमा ई. कृष्ण प्रसाद रिजालको दाबी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चितवन क्षेत्र नं. २ बाट पेशागत विषय विज्ञतर्फ महाधिवेशन प्रतिनिधिका लागि इन्जिनियर कृष्ण प्रसाद रिजालले दाबी प्रस्तुत गरेका छन् । इन्जिनियरिङ क्षेत्रमा लामो समयदेखि सक्रिय रिजालले पेशागत अनुभवसँगै इन्जिनियरहरूको संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । निजी क्षेत्रको संस्था उद्योग वाणिज्य संघको कार्यसमितिमा बसेर उद्योगी–व्यवसायीका समस्या, आवश्यकता र चुनौतीसँग काम गरेको अनुभव पनि उनीसँग छ ।

पेशागत यात्राका क्रममा विभिन्न योजना, परियोजना तथा निर्माणसम्बन्धी काममा संलग्न रहँदा प्राप्त व्यावहारिक ज्ञान, व्यवस्थापकीय क्षमता र समस्या समाधानको अनुभवलाई रिजालले आफ्नो उम्मेदवारीको आधार बनाएका छन् ।इन्जिनियरिङ पेशा निर्माण र दीर्घकालीन आधार तयार गर्ने कामसँग जोडिने भएकाले त्यही अनुभवलाई पार्टीको संगठन रनीतिगत तहमा समेत उपयोग गर्न सकिने उनको धारणा छ ।

Advertisement

इन्जिनियरिङ तथा व्यावसायिक क्षेत्रसँगै रिजाल स्थानीय तहमा पनि सक्रिय छन् । रिजलसँग गाउँ, वडा, नगर हुँदै जिल्लास्तरसम्म आम नागरिक तथा नेपाली कांग्रेसका कार्यकर्तासँग प्रत्यक्ष रूपमा जोडिएर काम गरेको अनुभव छ ।विशेषगरी युवा पुस्तासँगको निरन्तर सम्पर्क र सहकार्यले उनीहरूका अपेक्षा, समस्या तथा पार्टीसँगको सम्बन्धलाई नजिकबाट बुझ्ने अवसर दिएको रिजालको भनाइ छ ।स्थानीय स्तरमा संगठन निर्माण, नागरिकका समस्या पहिचान तथासमाधानका लागि पहल गर्दै आएका रिजालले आफ्नो पेशागत अनुभवलाई संगठनात्मक भूमिकासँग जोड्दै आएका छन् ।पेशागत दक्षता, व्यवस्थापकीय अनुभव र स्थानीय तहमा रहेको सामाजिक सम्बन्धलाई पार्टीको संगठनात्मक भूमिकामाउपयोग गर्ने उनको उद्देश्य छ ।

पार्टीलाई समयअनुकूल, सशक्त र संगठनात्मक रूपमा थप बलियो बनाउन नयाँ सोच, प्राविधिक दक्षता, व्यावसायिकअनुभव र युवा सहभागितालाई महत्व दिनुपर्ने रिजाल बताउँछन् । अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई सँगसँगै अघि बढाउँदै पार्टीलाई नयाँ पुस्तासँग थप जोड्नुपर्ने उनको धारणा छ । आफ्नो उम्मेदवारी घोषणा गर्दै रिजालले अग्रजहरूको साथर आशीर्वाद तथा युवाको समर्थन लिएर महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको बताएका छन् । उनले नेपालीकांग्रेसलाई आगामी दिनमा अझ सशक्त र लोकप्रिय पार्टीका रूपमा स्थापित गर्न योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकाछन् । रिजालले आफ्नो अनुभव, प्राविधिक दक्षता र संगठनात्मक सक्रियतालाई पार्टीको आगामी यात्रामा उपयोग गर्नेबताएका छन् ।

पेशागत विज्ञतर्फबाट महाधिवेशन प्रतिनिधि चयन हुँदा सम्बन्धित क्षेत्रको अनुभव, दक्षता र योगदानलाई प्राथमिकता दिनुपर्ने रिजालको धारणा छ । इन्जिनियरिङ, व्यावसायिक क्षेत्र र संगठनात्मक गतिविधिमा प्राप्त अनुभवलाई पार्टीको नीति तथा संगठनात्मक छलफलमा जोड्ने उद्देश्यसहित उनले चितवन क्षेत्र नं. २ बाट आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

More News last news
Loading...