तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिका लागि धर्म दत्तअर्यालको उम्मेदवारी चर्चामा आएको छ।
दुई दशकभन्दा लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय अर्यालले वि.सं. २०६४ मा सरस्वती क्याम्पसबाट नेपाल विद्यार्थीसंघको सक्रिय कार्यकर्ताका रूपमा राजनीतिक यात्रा सुरु गरेका थिए। २०६५ देखि कांग्रेसको क्रियाशील सदस्यका रूपमा निरन्तर सक्रिय उनी नेविसंघ तनहुँ–काठमाडौं सम्पर्क समितिको सहसचिव हुँदै हाल कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिमासक्रिय छन्।
व्यवस्थापन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्याल तीन पटकसम्म क्षेत्रीय प्रतिनिधिका रूपमा सहभागी भइसकेकाछन्।राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय अर्यालले २०७२ को भूकम्प, कोभिड–१९ महामारी तथा भोटेकोशीबाढी–पहिरोजस्ता विपद्का समयमा राहत, उद्धार र जनचेतनामूलक अभियानमा सहभागिता जनाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
