नुवाकोट। गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोले रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति पुर्याएपछि नेपाल युवा परिषद्का अध्यक्ष एवं नुवाकोटका युवा अभियन्ता सरोज बानियाँ राहत तथा पुनःस्थापनाको अभियानमा सक्रियतापूर्वक जुटेका छन् ।
बानियाँले विभिन्न संघसंस्था तथा सहयोगी निकायसँग समन्वय र पहल गरी प्राप्त राहत सामग्री लिएर विपद् प्रभावित बस्तीमा नियमित रूपमा पुग्ने गरेका छन् । विपद्पछि प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गर्दै उनले खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीसँगै लत्ताकपडा, सोलार बत्ती, भाँडाकुँडा, सरसफाइका सामग्री र औषधिलगायतका सामग्री वितरणलाई प्राथमिकता दिएका छन् ।
उनको पहलमा रसुवाको नौकुण्ड गाउँपालिका–१, २, र ३ अन्तर्गत पारच्याङ क्षेत्रका ३१ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । त्यस्तै, नौकुण्ड गाउँपालिका–४ स्थित पाटीखर्कमा पनि राहत सामग्री वितरण गरिएको छ । उक्त क्षेत्रमा आएको विपद्मा परी १५ जनाले ज्यान गुमाएका थिए । बानियाँको टोलीले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित परिवारलाई ओढ्ने–ओछ्याउने सिरक–डसना, पकाउने भाँडाकुँडा, सोलार बत्ती तथा बालबालिकाका कपडालगायतका सामग्री उपलब्ध गराएको छ । नौकेण्ड गाँउपालिकाको करिब ६५ जना व्यक्तिहरु बेपता भएका थिए र उक्त सम्पूर्ण घरपरिवारलाई राहत सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

बानियाँको राहत अभियान राहत सामग्री वितरणमा मात्र सीमित छैन । विपद्पछि जोखिममा परेका बस्ती तथा आश्रयस्थलमा सरसफाइ र स्वास्थ्य सुरक्षालाई समेत उनले प्राथमिकतामा राखेका छन् । विदुर–५ देवीघाटस्थित ६४ धाम (शिव मन्दिर) परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । त्यस्तै, विदुर–५ र विदुर–१ का बिरामीहरूको अनुरोधअनुसार आवश्यक औषधिसमेत हस्तान्तरण गरिएको छ ।
चापाबोट र सोले क्षेत्रको तल्लो भेगका १०७ जना घरपरिवारलाई सोलार बत्ती वितरण गरिएको छ । विद्युत् तथा प्रकाशको समस्या झेलिरहेका प्रभावित परिवारलाई यसबाट तत्काल राहत पुगेको बताइएको छ । बाढीपहिरोपछि विस्थापित तथा प्रभावित नागरिकलाई राखिएका होल्डिङ सेन्टरमा पनि आवश्यक सामग्रीको अभाव हुन नदिन बानियाँको पहलमा सहयोग पुर्याइएको छ । शुलक्षणा माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा सरसफाइका सामग्री तथा पकाउने र खाने भाँडाकुँडा कविन्द्र भण्डारीलाई हस्तान्तरण गरिएको थियो ।
बिदुर ११ को करिव २६८ जनालाई सोलार लाईटर बिवरण गरेका बानियाँले बिदुर ३ को चण्डी आधाभुत बिद्यालयमा पटकपटक खाद्यन्न लगायत पकाउने भाडाहरु, खानेपानीको पाईप समेतको सहयोग जुटाईउदएका थिए । बिदुर ६ को भोर्लाटारका राई बस्तीमा टेण्ट स्थापना गरी त्यहाँका नागरिकालाई खुल्ला आकाश मुनि बस्न बाध्यतालाई अन्त्य समेत गराएक बानियाँले बिभिन्न संघसंस्थाहरुसँग सहयोग अपिल गरी प्रभाबित क्षेत्रमा सामाग्री पुराएको थिए ।
त्यस्तै, भैरुम माध्यमिक विद्यालयको वडा नं. ८ स्थित होल्डिङ सेन्टरमा विशेषगरी सरसफाइका सामग्रीको अभाव देखिएपछि केही दिनका लागि पुग्ने सरसफाइ सामग्रीसँगै पकाउने भाँडाकुँडासमेत वडा सदस्य श्रीकृष्ण रिजालको रोहवरमा हस्तान्तरण गरिएको जनाइएको छ । विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु नै आफ्नो प्राथमिकता रहेको बानियाँले बताएका छन् । सरकारी तथा गैरसरकारी निकायको प्रयाससँगै सामाजिक संघसंस्था र युवाहरूको सक्रियताले विपद् प्रभावित नागरिकलाई थप राहत पुग्ने उनको विश्वास छ ।
भदौ १० गतेको बाढीपहिरोपछि लगातार प्रभावित क्षेत्र पुगिरहेका बानियाँले ‘राहत वितरण एकपटकको कार्यक्रम नभई आवश्यकताअनुसार निरन्तर चल्नुपर्ने अभियान’का रूपमा अघि बढाइरहेका छन् । राहतका सामग्री बोकेर प्रभावित बस्तीमै पुग्ने बानियाँको अभियानले पीडित परिवारलाई तत्कालीन राहतसँगै सामाजिक साथ र भरोसासमेत प्रदान गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
