भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५ लाख ६५ हजार सहयोग गरेको छ।
संस्थाका सञ्चालक समिति, कर्मचारी तथा संस्थाको तर्फबाट प्रदान गरिएको उक्त सहयोगमार्फत विपद्मा परेका नागरिकलाई राहत तथा उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। संस्थाले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
