भोटेकोशी बाढीपीडितका लागि तरुण दल स्याङ्जाको रक्तदान, १ सय ११ युनिट रगत संकलन

भोटेकोशी हिमपहिरो तथा बाढीबाट प्रभावित घाइतेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल तरुण दल स्याङ्जाले आयोजना गरेको खुला रक्तदानबाट १ सय ११ युनिट रगत संकलन भएको छ।

तरुण दल स्याङ्जाको आयोजनामा भिरकोट नगरपालिका बयरघारीमा बुधबार सम्पन्न कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। गण्डकी प्रदेशका अस्पतालमा रगतको अभाव देखिएपछि ‘रगतको कमीले कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको तरुण दल स्याङ्जाका उपाध्यक्ष रबिन केसीले बताएका थिए।

Advertisement

तरुण दल स्याङ्जाका अध्यक्ष तथा गण्डकी प्रदेशका पूर्वसांसद प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस स्याङ्जाले प्राविधिक सहयोग गरेको थियो। विपद्को घडीमा तरुण दल स्याङ्जाले आयोजना गरेको रक्तदानले रगतदानसँगै सामाजिक उत्तरदायित्व, मानवीय एकता र नागरिक सेवाको सन्देश दिएको छ।

More News last news
Loading...