तीज कार्यक्रम रोक्दै ब्युटिसियनद्वारा बाढीपीडितलाई १ लाख बढी सहयोग

ब्युटी पार्लर एसोसिएसन स्याङ्जाले तीज विशेष कार्यक्रम स्थगित गरी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहतका लागि रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेको छ।

जिल्ला भरिका ब्युटिसियन दिदीबहिनीबाट संकलित रकममा एसोसिएसनको कोषबाट समेत थप गरी जुटाइएको सहयोग रकम भदौ १७ गते जिल्ला प्रशासन कार्यालय स्याङ्जामार्फत प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको हो। विपद्को अवस्थालाई मध्यनजर गर्दै मनोरञ्जनको कार्यक्रम स्थगित गरी पीडितको राहतमा रकम समर्पण गरिएको एसोसिएसनकी नवनिर्वाचित अध्यक्ष माया गोरखालीले बताईन। कार्यक्रममा संरक्षक चिनु गुरुङ, संस्थापक अध्यक्ष दुर्गाथापासहित पूर्व अध्यक्षहरू, पदाधिकारी तथा जिल्लाभरिका ब्युटिसियनहरूको सहभागिता थियो।

Advertisement

तीजको उत्सवलाई राहतमा रूपान्तरण गर्दै गरिएको यो पहलले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सामूहिक एकताको प्रेरणादायी सन्देश दिएको छ।

More News last news
Loading...