विपद् पीडितका लागि स्याङ्जामा कपडा सङ्कलन अभियान

बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले पुतलीबजारमा कपडा सङ्कलन अभियानसञ्चालन गरिने भएको छ। पुतलीबजार कपडा बैंकको अनुरोध तथा पुतलीबजार नगरपालिका लत्रेपिपल क्लबकोसमन्वयमा आगामी भदौ १३ गते शनिबार अभियान सञ्चालन गर्न लागिएको लत्रेपिपल क्लबका अध्यक्ष मनोज मल्लले जानकारी दिए।

अभियानअन्तर्गत महिला, पुरुष तथा बालबालिकाका सफा र प्रयोग गर्न मिल्ने कपडा, विद्यालय पोशाक, जुत्ताचप्पल, कम्बल, ज्याकेट, स्वेटरलगायत आवश्यक सामग्री सङ्कलन गरिनेछ। आयोजकले फाटेका, अत्यधिक पुराना वा प्रयोग गर्न नमिल्ने कपडा नदिन आग्रह गरेको छ। पुतलीबजार–१, ट्याक्सी चोकस्थित कपडा बैंकमा बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म सामग्री बुझाउन सकिनेछ।सङ्कलित सामग्री जिल्ला प्रशासन कार्यालय, स्याङ्जामार्फत रसुवा लगायत विपद् प्रभावित क्षेत्रमा राहतका रूपमा पठाइने जनाइएकोछ।

Advertisement

विपद्को कठिन घडीमा आवश्यकतामा परेका परिवारसम्म सहयोग पुर्‍याउँदै ‘दुःखमा साथ दिनु नै मानवता हो’ भन्ने भावनालाई व्यवहारमा उतार्ने अभियानमा सबैलाई सक्दो सहयोग गर्न आयोजकले अपिल गरेको छ।

More News last news
Loading...