बाढीबाट प्रभावितका लागि चापाकोटले ५ लाख सहयोग गर्ने

भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले स्याङ्जाको चापाकोट नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका विभिन्न तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको राहतका लागि सहयोग गर्ने निर्णय गरेको हो।

नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँणका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको ‘दैवी प्रकोप उद्धार कोष’ मा नगरपालिकाको तर्फबाट संस्थागत रूपमा लाख रुपैयाँ सहयोग उपलब्ध गराइनेछ। यससँगै विपद्को पीडामा स्थानीय तहको ऐक्यबद्धता थप सुदृढ गर्दै चापाकोट नगरपालिकाका जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबाट ५ दिन बराबरको रकमसमेत राहतका लागि उपलब्ध गराउने निर्णय गरिएको छ।

Advertisement

प्राकृतिक विपद्ले पुर्‍याएको क्षति भौतिक संरचनाको विनाशमा सीमित नरही प्रभावित परिवारको दैनिकी, जीविकोपार्जन सामाजिक जीवनमै गहिरो असर पार्ने भएकाले संकटको समयमा राज्यका विभिन्न तह समुदायबीचको सहकार्य अपरिहार्य हुन्छ। चापाकोट नगरपालिकाको यो सहयोगले विपद्मा परेका नागरिकप्रति स्थानीय सरकारको मानवीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व र अन्तरपालिका ऐक्यबद्धताको सन्देश दिएको छ।

More News last news
Loading...