स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, धार्मिक केटीचौरमा अवस्थित नेपालकै पहिलो नवग्रह मन्दिरले हालैको प्राकृतिक विपद्बबाट प्रभावित बाढीपीडित परिवारका लागि रु. ५० हजार राहत सहयोग गर्ने भएको छ। विपद्को कठिन घडीमा पीडित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सेवाको भावनासहित सहयोग गर्ने निर्णय गरिएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलले जानकारी दिए।
धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित मन्दिरले धार्मिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई समेत प्राथमिकता दिँदै विपद्मा परेकाहरूको दुःखमा साथ दिने पहल गरेको हो। समितिको यो सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै ‘दुःखमा साथ दिनु नै सच्चा धर्म हो’ भन्ने मानवीय सन्देशलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
