तीजको मौलिक स्वाद बोकेर आयो ‘घरबेटीकी छोरी’, नयाँ पुस्तामाझ चर्चाको अपेक्षा

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नयाँ तीज गीत ‘घरबेटीकी छोरी’ सार्वजनिक भएको छ।सोमबार साँझ नेत्र खड्का युट्युब च्यानलबाट सार्वजनिक तीजको सांस्कृतिक सामाजिक परिवेशलाई मनोरञ्जनसँग जोड्दैतयार पारिएको गीतमा नेत्र खड्का, सुनिता पौडेल गौतम, सीता ढकाल कोइराला र प्रदीप खरेलको स्वर रहेको छ। गीतकाशब्द तथा संगीत राजेश भण्डारीले सिर्जना गरेका हुन् भने कृष्मा लामिछानेले एरेन्ज तथा मिक्स/मास्टरिङ गरेका छन्।

घरबेटीकी छोरीको भिडियो निर्माणलाई पनि विशेष आकर्षक बनाइएको छ। राजेश भण्डारीको निर्देशन, ईश्वर श्रेष्ठको छायांकन तथा आयुषा खत्रीको कोरियोग्राफी रहेको भिडियोमा राजेश भण्डारी, सोनु परियार, लेखनाथ गहतराज र मञ्जु खनालको अभिनय देख्न सकिन्छ। बिनिता गुरुङको मेकअप तथा सुभाष अम्गाईको भिजुअल एडिटिङ/कलरले भिडियोकोप्रस्तुतिलाई थप प्रभावकारी बनाएको छ।

Advertisement

गीतमा तीजको रमाइलो, सामाजिक परिवेश, सम्बन्ध नेपाली मौलिकतालाई संगीत तथा दृश्य कथामार्फत प्रस्तुत गर्ने प्रयासगरिएको छ। परम्परागत तीज गीतको भावनासँग आधुनिक प्रस्तुति मनोरञ्जनको संयोजन गरिएकोघरबेटीकी छोरीलेतीजको सांगीतिक माहोललाई थप रंगीन बनाउने अपेक्षा गरिएको छ।

More News last news
Loading...