तामाङ सोसाइटी अफ अमेरिकामा विवाद, वित्तीय अनियमितताको छानबिन सुरु

न्यूयोर्क अमेरिकास्थित नेपाली समुदायको पुरानो संस्था मध्येको एकतामाङ सोसाइटी अफ अमेरिका’ (टीएसए) भित्र संस्थागत विवाद वित्तीय अनियमितताको विषयलाई लिएर विवाद बढ्दै गएको संस्थाको विधान विपरीत अनधिकृत गतिविधि बढेको भन्दै नवनिर्वाचित अन्तरिम कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको

सोसाइटीका अध्यक्ष चाँदनी लामा महासचिव सोनिया (ल्हामु डोल्मा) तामाङद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार, गत अगस्ट मा सम्पन्न विशेष साधारण सभा (एसजीएम) ले विधानको धारा . बमोजिम तत्कालीन कार्यसमिति विघटन गरीसन् २०२५२०२७ कार्यकालको बाँकी अवधिका लागि नयाँ अन्तरिम कार्यसमिति गठन गरेको थियो उक्त अन्तरिम समितिले संस्थाका बैंक खाता, आर्थिक अभिलेख, कागजात तथा भौतिक सम्पत्तिको संस्थागत हस्तान्तरण प्रक्रिया सुरु गरिसकेको जनाएको

Advertisement

विज्ञप्तिमा तामाङ कल्चरल एन्ड बुद्धिस्ट सेन्टर (टीसीबीसी) टीएसएको बैंकिङ कारोबार तथा आर्थिक व्यवस्थापनमा गम्भीर अनियमितता भेटिएको उल्लेख प्राप्त विवरण अनुसार, गत अगस्ट १० तारिखका दिन टीसीबीसीका पूर्वसंयोजक इन्द्रतामाङ कोषाध्यक्ष सानुमाया तामाङले बैंक खाताबाट लाख ३० हजार अमेरिकी डलर निकालेर हिनामिना गरेको बताइएको हाल संस्थाको खातामा १२ हजार १८.५७ डलर मात्र बाँकी रहेको पाइएको

गुम्बा निर्माण कार्यका लागि सङ्कलित रकममा दुरुपयोग भएको भन्दै संस्थाले यस विषयमा कानुनी उपचार खोजिने जनाएको साथै, टीएसएको खातामा हुनुपर्ने १५,५०० डलरमध्ये हाल ५०० डलर मात्र बाँकी देखिएको बाँकी १६,०००डलर बेरुजु रकमका लागि निवर्तमान अध्यक्ष तुलबहादुर तामाङ कोषाध्यक्ष विष्णुमाया तामाङ जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख वित्तीय पारदर्शिता कायम गर्न संस्थाले चाँडै नै सरोकारवालाहरूको प्रत्यक्ष बैठक डाक्ने नयाँ कार्यदेश सहितको छुट्टै समिति गठन गर्ने तयारी गरेको । अन्तरिम कार्यसमितिले संस्थाको स्वीकृति निर्णयबिना आयोजना गरिएका वाघोषणा गरिएका कार्यक्रमहरूलाई अनाधिकृत भनेको अगस्ट १६ का लागि तय भएको भनिएको पिकनिक कुनैव्यक्तिको व्यक्तिगत पहल मात्र भएको टीएसएको आधिकारिक कार्यक्रम नरहेको स्पष्ट पारेको थियो

यसैगरी, अगस्ट २२ का लागि आह्वान गरिएको भनिएको वार्षिक साधारण सभा (एजीएम) लाई पनि अन्तरिम समितिले अवैध घोषणा गरेको पूर्वपदाधिकारीहरूले एकपक्षीय रूपमा बोलाएको उक्त सभा विधानविपरीत रहेको भन्दै सदस्यहरूलाई भ्रममा नपर्न सो सभामा सहभागी नहुन आग्रह गरिएको । विज्ञप्तिमार्फत अन्तरिम समितिको पूर्वस्वीकृति बिना टीएसएकोनाम, लोगो, लेटरहेड वा पद अवैध रूपमा प्रयोग गरी कुनै पनि सभा, बैठक, सूचना वा आर्थिक कारोबार नगर्न चेतावनी दिइएको संस्थाका आधिकारिक निर्णयहरू टीएसएको आधिकारिक फेसबुक पेज तथा वर्तमान अन्तरिम समितिबाट जारी विज्ञप्तिमार्फत मात्र सार्वजनिक हुने बताइएको

संस्थाभित्र देखिएका असहमति जिज्ञासाहरूलाई सामाजिक सञ्जालमा आरोपप्रत्यारोप गर्नुको साटो विधान आपसी संवादमार्फत हल गर्न अन्तरिम कार्यसमितिले आह्वान गरेको संस्थाको गरिमा, एकता पारदर्शिता जोगाउन सबै सदस्य तथा शुभेच्छुकहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख

More News last news
Loading...