खुमा फाउण्डेसनद्वारा प्राथमिक उपचार कक्ष स्थापना

खुमा अर्याल फाउण्डेसन स्याङ्जाको आयोजना तथा सहयोगमा स्याङ्जा सदरमुकाम स्थित त्रिभुवन आदर्श माध्यमिकविद्यालयमा प्राथमिक उपचार कक्ष स्थापना गरिएको सोमबार एक कार्यक्रमका बिच पुतलीबजार नगरपालिकाका प्रमुखतुलसीराम रेग्मीद्वारा सो कक्षको स्थापना गरिएको हो

सो कक्षको स्थापना सहित शुभारम्भ गर्दै नगरप्रमुख रेग्मीले खुमा फाउण्डेसनले गरेको ज्यादै महत्वपुर्ण कार्यक्रमको लागि नगरको तर्फबाट एकजना स्वास्थ्य सहजकर्ता उपलब्ध गराउन बताए । उनले फाउण्डेसनले गर्ने अन्य कार्यक्रमहरुमा पनि समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्दता समेत व्यक्त गरे । सुभारम्भ कार्यक्रममा नगर शिक्षा अधिकारी बाबुराम बराल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशिला पौडेल क्षेत्री, पुर्व विद्यार्थी मंचका संयोजक दिपक लम्साल, विद्यालय व्यवस्थापन समिति सदस्य सिर्जना भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

Advertisement

यस्तै सोमबार नै फाउण्डेसनको आयोजनामा प्राथमिक उपचारसंग सम्बन्धित तालिम तथा सामग्री हस्तान्तरण कार्यक्रम समेतगरिएको । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि प्रदान गरिएको तालिमको सहजीकरण गण्डकी मेडिकल कलेज पोखराका ईमर्जेन्सी विभाग प्रमुख प्रो.डा.तरुण पौडेलले गरेका थिए ।

विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीको आकस्मिक स्वास्थ्य व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक उपकरण, औषधि तालिमसहित खुमा अर्याल प्राथमिक उपचार क्ष स्थापना गर्ने योजना सहित अघि बढीरहेको र स्थानिय तहहरुसंग समन्वय गरी स्थानिय आवश्यकता र विभिन्न मापदण्डहरुमा आधारित रहेर स्थानिय सरकारले सिफारिस गरेका जिल्ला भित्रका झन्डै ५० माध्यमिक विद्यालयहरुमा यो कक्ष स्थापना गरिने फाउण्डेसनका अध्यक्ष लेखनाथ शर्माले बताए ।

फाउन्डेसनका अध्यक्ष शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम नारायण पौडेलले स्वागत एवम् फाउन्डेसनका शिक्षा विभाग विज्ञ सदस्य वन्दना लम्सालले कार्यक्रम सन्चालन गरेकी थिईन । प्रत्येक विद्यालयमा प्राथमिक उपचारकक्ष स्थापना तथा आवश्यक सामग्री व्यवस्थापनका लागि करिब ५० हजार रुपियाँ बराबरको बजेट लागत लाग्नेछ भने औषधितथा सामग्री नवीकरण, क्षमता अभिवृद्धि पुनर्ताजगी तालिमका लागि वार्षिक १५ हजार रुपैयाँ बराबर रुपीयाँ आवश्यक पर्ने  अध्यक्ष शर्माले बताए । यस कार्यक्रमले विद्यालयमा आकस्मिक स्वास्थ्य व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउँदैविद्यार्थी तथा शिक्षकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

More News last news
Loading...