नेपाल लाईफको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम : १२ थान कम्प्युटर सेट प्रदान

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्याङ्जाका २ विद्यालयलाई १२ थान कम्प्युटर प्रदान गरेको छ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका चिफ फाइनान्स अफिसर चार्टर एकाउन्टेन्ट प्रेम रेग्मी र इन्जिनियर उज्ज्वल  रेग्मीको पहलमा भीरकोटका दुई सामुदायिक  विद्यालयहरूलाई  कम्प्युटर प्रदान गरिएको हो । पहलकर्ता दुबैजना भाग्योदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार नेपाल लाइफले भीरकोट नगरपालिका वडा नं ६ मा अवस्थित भाग्योदय माध्यमिक विद्यालय र  वडा नं ८ को पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा १२ थान कम्प्युटर प्रदान गरिएको नेपाल लाईफ ईन्स्योरेन्स स्याङ्जा शाखा प्रमुख सुशिल भण्डारीले जानकारी दिए । यस्तै,भीरकोट कै भाग्योदय मा.वि. लाई ७ थान र पब्लिक एकेडेमीमा.वि. लाई ५ थान कम्प्युटर वितरण गरिएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वालिङ शाखा प्रमुख देवी प्रसाद न्यौपानेले जानकारी दिए ।

Advertisement

More News last news
Loading...