स्याङ्जा सदरमुकाममा पुरुषोत्तम भगवानको कथा एवम् सांगितिक प्रवचन सम्पन्न

पुरुषोत्तम भगवानको भक्तिमा स्याङ्जाली भक्तजनहरुको ठेलमठेल भीड

स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिका १ विष्णुपधेरामा रहेको गोकर्णेश्वर शिवालय मन्दिरमा पुरुषोत्तम भगवानको कथा एवम् सांगितिक प्रवचन कार्यक्रममा भक्तजनहरुको उपस्थिति उल्लेख्य रह्यो । शिवालय मन्दिर व्यवस्थापन समिति र शान्ति आमा समुहको आयोजनमा सम्पन्न पुरुषोत्तम मास महिमा कथा एवम् सांगितिक प्रवचन कार्यक्रम यहि जेठ १४ गतेदेखि २० गतेसम्म गरी ७ दिनसम्म चलेको प्रवचनमा दिनहु जसो नै श्रध्दालु भक्तजनहरुको थेगिनसक्नुको सहभागिता रहेको थियो ।

शास्त्रमा उल्लेख भए अनुसार भगवान स्वयमले यस पुरुषोत्तम मासलाई आफ्नो नामको आदिपत्य तथा दिव्य महिमा प्रदान गरेका र यसमा गरिने धार्मिक क्रियाकलापहरु फलदायी हुने भएकाले यो कार्यक्रम आयोजना गरी सबै स्याङ्जाली भक्तजनहरु र दानदाताहरुको सहयोग र सद्भावले प्रवचन भव्यताका साथ  सम्पन्न भएको प्रवचनका प्रमुख कथा वाचक लोकप्रिय युवा पण्डित प्रशान्त ढकालले जानकारी दिए ।

Advertisement

यस्तै, स्याङ्जा सदरमुकाममा अवस्थित सो विष्णु मन्दिरको स्तरोन्नती, समयसापेक्ष निर्माण र बहुआयामिक उद्यान बनाउने लगायतका उद्देश्य राखेर प्रवचन सम्पन्न गरिएको आयोजकले जनाएको छ । यसैगरी, प्रवचन तथा सांगितिक कार्यक्रममा संकलित रकम र आयव्यय विवरण केहि दिनमै सार्वजनिक गरिने आयोजकले भनाई छ ।

प्रवचनमा विशेषगरी पुतलीबजार,भिरकोट, वालिङ् नगरपालिका, आँधिखोला,फेदिखोला,अर्जुनचौपारी,बिरुवा र हरिनास गाउँपालिका र छिमेकी पालिका र जिल्लाहरुबाट श्रध्दालु भक्तजनहरु कथा श्रवण गर्न आएका थिए भने भारतिय तिर्थयात्रीहरुको समेत आगमनले प्रवचनको गरिमा बढाएको थियो ।

बुधवार मन्दिर प्राङ्गणमा सयौं भक्तजन तथा दर्शनार्थीहरुको भिडका बिच पुतलीबजार नगर उपप्रमुख देवी अर्यालले प्रवचन समापन गरेकी थिईन । कार्यक्रममा स्याङ्जा बहुमुखि क्याम्पसका संस्थापक तथा युवा नेता भरत प्रसाद लम्साल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समापन सत्रका अवसरमा युवा पण्डित ढकालले सबैलाई धन्यवाद व्यक्त गरेका थिए । प्रवचन मुल आयोजक समितिका संयोजक शालिकराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा अर्थ समिति संयोजक नवराज सुवेदीले स्वागत एवम् त्रिभुवन आदर्श नमुना मा वि का पुर्व प्रधानाध्यापक मुक्ति प्रसाद रेग्मीले सन्चालन गरेका थिए ।प्रवचन तथा सांगितिक कार्यक्रम भर सांगितिक टिमको बेजोड सांगितिक भजन प्रस्तुत गरिएको थियो भने विभिन्न अभिनय मार्फत् कार्यक्रमको रौनक बढाईएको थियो ।

More News last news
Loading...