स्याङ्जा सदरमुकाम विष्णुपधेरामा पुरुषोत्तम भगवानको कथा प्रवचन सुरु

स्याङ्जाको पुतलीबजार नगरपालिका १ विष्णुपधेरामा अवस्थित गोकर्णेश्वर शिवालय मन्दिर व्यवस्थापन समिति र शान्ति आमा समुहको आयोजनामा आयोजित पुरुषोत्तम मास कथा एवम् सांगितिक प्रवचन कार्यक्रम बिहिबार देखि सुरु भएको छ । बिहिबार एक कार्यक्रमका बिच कृषी विज्ञ समेत रहेका मुक्तिनाथ विकास बैंकका पुर्व अध्यक्ष तथा सिईओ भरतराज ढकालले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै ढकालले पुरुषोत्तम मासको महिमा अपरम्पार र गहिरो रहेको बताए । उनले शिवालय मन्दिर व्यवस्थापन समिति र शान्ति आमा समुहले खासगरी स्याङ्जा बजार क्षेत्रका भक्तजनहरुलाई एक महत्वपुर्ण अवसर जुटाएको प्रति धन्यवाद समेत व्यक्त गरे ।

Advertisement

प्रवचन कार्यक्रममा युवा पण्डित प्रशान्त ढकालले कथा वाचन गर्नेछन भने कार्यक्रम यहि जेठ १८ गते सम्म चल्ने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रवचन कार्यक्रम संयोजक शालिकराम अर्याल, रास्वपा पुतलीबजार नगर उपसभापति गुरु ढकाल, नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि बन्दना लम्साल, स्याङ्जा चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष श्री बहादुर गुरुङ् लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष दयाराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका अर्थ समितिका संयोजक नवराज सुवेदीले स्वागत एवम् शैक्षिक व्यक्तित्व मुक्ति प्रसाद रेग्मीले कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रम उद्घाटन पुर्ण भजन, कृतन सहित स्याङ्जा विष्णुपधेरा देखी अभियानपथ, कारागारको बाटो हुदै, नारायणस्थान,प्रगतीनगर शिवालय मन्दिर, घुम्ती हुदै ट्याक्सिचोक,शहिदचोक, ट्राफिक चोक,विष्णुपधेरासम्म कलश यात्रा गरिएको थियो ।

More News last news
Loading...