स्याङ्जा सदरमुकाम स्थित पुतलीबजार नगरपालिका १ विष्णुपधेरामा रहेको गोकर्णेश्वर शिवालय मन्दिरमा पुरुषोत्तम मास महात्म्य कार्यक्रम आयोजना गरिएको छ । शिवालय मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको सो पुरुषोत्तम मास महिमा कथा एवम् सांगितिक प्रवचन कार्यक्रम यहि जेठ १४ गतेदेखि १८ गतेसम्म चल्ने व्यवस्थापन समितिका अध्यक्ष रंगनाथ रेग्मीले जानकारी दिए ।
शास्त्रमा उल्लेख भए अनुसार भगवान स्वयमले यस पुरुषोत्तम मासलाई आफ्नो नामको आदिपत्य तथा दिव्य महिमा प्रदान गरेका र यसमा गरिने धार्मिक क्रियाकलापहरु फलदायी हुने भएकाले यो कार्यक्रम आयोजना भएको प्रवचनका प्रमुख कथा वाचक युवा पण्डित प्रशान्त ढकालले जानकारी दिए ।
कार्यक्रमका लागि आवश्यक तयारी पुरा भईसकेको जानकारी कार्यक्रम संयोजक शालिकराम अर्यालले दिएका छन । सो प्रवचन कार्यक्रममा विशेषगरी पुतलीबजार,भिरकोट, वालिङ् नगरपालिका, आँधिखोला,फेदिखोला,अर्जुनचौपारी,बिरुवा र हरिनास गाउँपालिका र छिमेकी पालिका र जिल्लाहरुबाट श्रध्दालु भक्तजनहरु कथा श्रवण गर्न आउने अपेक्षा रहेको मन्दिर व्यवस्थापन समितिका सचिव राधा अर्यालले बताईन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
