त्रिभुवन आदर्श नमुना मा वि स्याङ्जामा पुर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम भएको छ । स्याङ्जा सदरमुकाममा रहेको सो विद्यालयको पुर्व विद्यार्थी मन्चको आयोजनामा मंगलबार पुर्व विद्यार्थी पुनर्मिलन, नव वर्ष २०८३ को शुभकामना आदानप्रदान एवम् सम्मान कार्यक्रम भएको हो ।
कार्यक्रममा पुर्व सांसद नारायण प्रसाद मरासिनी, पुर्व विद्यार्थी बल सागर गिरी, ईन्जिनियर ओम नारायण शर्मा, इ. केदार श्रेष्ठ, पुर्व विद्यार्थीहरु चन्द्र मणी पौडेल, महेश पुरी, वेद प्रसाद दोरंगा, नवराज सुवेदी, देवेन्द्र प्रसाद गुरुङ्, राधा अर्याल, झलक विश्वकर्मा, भरत प्रसाद लम्साल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुर्व विद्यार्थी मन्चका संयोजक दिपक लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको वस्तुस्थितिका विषयमा प्रधानाध्यापक प्रेम नारायण अर्यालले जानकारी गराएका थिए भने धन्यवाद ज्ञापन कृष्ण प्रसाद अर्याल र कार्यक्रम सन्चालन पुर्व विद्यार्थी तथा पत्रकार ओम प्रकास शर्माले गरेका थिए ।
कार्यक्रमका अवसरमा विभिन्न ठाँउ र भुमिकाबाट विद्यालयलाई महत्वपुर्ण देन दिदै आईरहेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वि स २०२८ सालको विद्यालयबाट पहिलो एस एल सि परिक्षामा सहभागि भएका पुर्व विद्यार्थीहरु महेन्द्र प्रसाद रेग्मि, टेक ब.गोदार, सुन्दर श्रेष्ठ, नन्द लाल पोख्रेल र पुर्व अध्यक्षहरु चन्द्रमणि पौडेल, निर्मल कुमार शेरचन, उत्तम प्रसाद श्रेष्ठ अग्निप्रसाद भण्डारी रहेका छन । सोहि कार्यक्रममा पुर्व विद्यार्थी मन्चले तयार पारेको विधान मस्यौदा समेत सुझावका लागि प्रस्तुत गरिएको थियो ।
वि स २०२८ सालमा स्थापित यो विद्यालयमा पढेका विद्यार्थीहरु विभिन्न लब्धप्रतिष्ठित ठाँउमा विभिन्न पद र ओहदामा रहेर कार्य गर्दै आएका छन । सो विद्यालयमा केहि समय अघि मात्रै पु्र्व विद्यार्थी मन्च गठन भएको थियो । जसको संयोजकमा पुर्व विद्यार्थी लम्साल चयन भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
