शिक्षामा अर्जुनचौपारीको अभुतपुर्व फड्को, १८ बाट ९२ प्रतिशत विद्यार्थी ग्रेडेड

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले शिक्षामा निकै ठुलो फड्को मारेको छ । अर्जुनचौपारीले २०७९ सालको कक्षा १ देखि ८ सम्मको नतिजा २०८२ सम्म आईपुग्दा पुर्णत: उल्ट्याउन सफल भएको छ ।

शैक्षिक आधार वर्ष  वि स २०७९ मा यहाँका जम्मा १८ प्रतिशत मात्रै विद्यार्थी ग्रेडेड भएका थिए भने नन ग्रेडेडको संख्या ८२ प्रतिशत रहेको थियो । त्यो संख्या अहिले पुर्णत उल्टेर ९२ प्रतिशत विद्यार्थी ग्रेडेड र जम्मा ८ प्रतिशत विद्यार्थी मात्रै नन ग्रेडेड भएका हुन् ।

Advertisement

त्यो शैक्षिक रुपमा टिठलाग्दो अवस्थाबाट वर्तमान वर्ष २०८२ को कक्षा १ देखि ८ सम्मको शैक्षिक नतिजा मुल्यांकन गर्दा अर्जुनचौपारीले अभुतपुर्व नतिजा निकालेको छ । अर्जुनचौपारीले वार्षिक रुपमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी संख्यामा समेत वृद्दि गरेको छ । यहाँको वर्ष २०८१ को नतिजामा ६० प्रतिशत विद्यार्थीले ३.० जिपिए ल्याएको वर्तमान शैक्षिक वर्षको नतिजामा त्यो प्रतिशत बढेर ९० प्रतिशत पुगेको छ ।

यसले पालिका भित्रको शैक्षिक गतिविधि नविनतम् र प्रभावकारी ढंगले अघि बढिरहेको देखाउँछ ।

More News last news
Loading...