स्याङ्जामा विविध कार्यक्रम गरी ६९ औं राष्ट्रिय सहकारी दिवस २०८२ मनाईदैछ । दिवसको पुर्वसन्ध्यामा सु्र्योदय बचत तथा ऋण सहकारी संस्था (सुर्योदय साकोस) स्याङ्जाले बिहिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सूर्योदय साकोस स्याङ्जाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा स्याङ्जाको प्राविधिक सहयोगमापुतलीबजार नगरपालिका वडा न ३ बाड्खोलास्थित सहकारीको प्रधान कार्यालय नजिक पुरानो कृषी विकास कार्यालय भवनमा कार्यक्रम गरिएको हो । पुतलीबजार १, २ र ३ का गरी कुल ९५ जना सहभागि कार्यक्रममा ३८ युनिट रगत संकलन भयो ।
कार्यक्रमको उद्घाटन पुतलीबजार नगरपालिका वडा न १ का वडा अध्यक्ष उत्तम प्रसाद श्रेष्ठले गरेका थिए । भोलि चैत्र २० अर्थात् राष्ट्रिय सहकारी दिवस २०८२ का अवसरमा साकोस कै आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ३ मा वेल्फेरचोक,बाडखोला देखि स्याङ्जा बसपार्कसम्म सहकारी सचेतना तथा स्वास्थ्यका लागि दौड प्रतियोगिता हुने समेत जनाईएको छ । यो प्रतियोगितामा सबै उमेर समुहका व्यक्तिहरूलाई पनि सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।
नेपालमा सहकारी आन्दोलनको सुरुवात वि.सं. २०१३ सालमा चितवन जिल्लामा पहिलो सहकारी स्थापना भएर भएकोमानिन्छ । सहकारी संस्थाहरूले सानो पूँजीलाई एकत्रित गरी सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमासहयोग गर्छन् । सहकारीको आधारभूत सिद्धान्तहरूमा स्वेच्छिक सदस्यता, लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता रसमुदायप्रतिको चासो पर्छन् । नेपालमा सहकारी क्षेत्रलाई “अर्थतन्त्रको तेस्रो खम्बा” को रूपमा लिने गरिन्छ ।
यस्तै, ईन्टरनेशनल कोअपरटिभ अलायन्सले सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको हो । यो दिवस हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९५ देखि यसलाई औपचारिकरूपमा मान्यता दिएको छ । सहकारीको मूल मन्त्र “एकता, सहकार्य र आत्मनिर्भरता” हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
