पाणिनि आश्रमको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: शर्मा चयन

पाणिनि आश्रम पाणिनि संस्कृत गुरुकुलमको अध्यक्षमा पुन: चुडामणि शर्मा निर्वाचित भएका छन स्याङ्जाको पुतलीबजार नगरपालिका १४ मा रहेको सो आश्रमको शनिबार सम्पन्न वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले शर्मालाई पुन: अध्यक्षमा निर्वाचित गरेको हो शर्मा आश्रमका संस्थापक अध्यक्ष समेत हुन् । यसैगरी, आश्रमको वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद पौडेल, उपाध्यक्ष हरिप्रसाद पौडेल, कृष्ण गिरी, सचिव ऋषिराम शर्मा, सहसचिव उदयराज पौडेल, कोषाध्यक्ष हुमनाथ पौडेल चयन भएका छन्

यस्तै, समितिका सदस्यहरुमा आनन्द शर्मा पौडेल, कमला पौडेल, दिनेश हमाल, नानुमैंया आचार्य, प्रशान्त ढकाल,श्री कृष्ण गिरी,मोहन आचार्य, भीमा दर्जी, सीता पुरी, सन्तोष भण्डारी, उषा थापा र दुर्गा पौडेल चयन भएका छन । जना सदस्य भने पछि मनोनित हुनेछन

Advertisement

नव निर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरूले सोमबार पदभार ग्रहण गरेका छन् नवनिर्वाचित कार्यसमितिलाई ध्रुव बन्धु पौडेल संयोजकत्वको निर्वाचन समितिले चयन गरेको हो निर्वाचन समितिका सदस्यहरुमा रविन के सि हिमलालपुरी रहेका थिए वि.सं.२०७० सालमा स्थापना गरिएको सो आश्रममा अहिले २० जना बटुकहरु अध्ययन गर्दै आएका छन्

More News last news
Loading...