स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री बालेन शाहलाई नेकपा एमाले स्याङ्जालेपूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तुरुन्तै छाड्न भन्दै विरोध सहितको ज्ञापनपत्र बुझाएको छ ।
एमाले स्याङ्जाले आफ्ना पार्टी अध्यक्ष ओलीलाई प्रतिशोधपुर्ण गिरफ्तारी गरिएको भन्दै यथाशिघ्र रिहाई र २४ गते भएकोआगजनी र तोडफोडको तुरुन्तै छानबिन गर्न माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
नब गठित सरकारले शनिबार बिहान मात्रै जेन जि आन्दोलनमा भएको घटनाको छानबिन गर्न बनेको कार्की आयोगले सिफारिस गरे अनुरुप पुर्व प्र म ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
