नेपाली काङ्ग्रेस स्याङ्जा निर्वाचन क्षेत्र न १ का उम्मेद्वार भरतराज ढकालले किसानलाई सम्मान, युवालाई रोजगारी,महिलालाई सशक्तिकरण, ज्येष्ठ नागरिकको सँरक्षण, शिक्षामा गुणस्तर र स्वास्थ्यमा पहुँच स्थापित गर्दै समग्र स्याङ्जाको भविष्य निर्माण गर्ने अठोट सहितका प्रतिबद्दता जाहेर गरेका छन् ।
केहि दिन अघि नै चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरिसकेका उनले पुन एकपटक सामाजिक सँजाल फेसबुक मार्फत एक अपिल गर्दै हाम्रो माटो, हाम्रो पहिचानलाई आत्मनिर्भर,सक्षम र समुन्नत बनाउने सँकल्पका साथ जेन जि युवाहरुको भावनालाई आत्मसाथ गर्दै बद्लिएको काङ्ग्रेसको प्रतिनिधित्व गरेर आफु चुनावी मैदानमा रहेको बताएका छन् ।
स्याङ्जा १ का मतदाताहरुमाझ उनले गरेको अपिलमा लेखिेएको छ, “स्याङ्जाको विकासलाई अब भाषण होईन, पारिणामले प्रमाणित गर्ने समय आएको छ । यस ऐतिहासिक घडिमा तपाईंको अमुल्य मतले स्याङ्जाको दिशानिर्देश गर्नेछ । यहाँहरुको अमुल्य मतलाई म कहिल्यै अवमुल्यन गर्ने छैन ।तपाईंहरुले मलाई दिनुभएको विश्वास र समर्थनलाई संधै सम्मानका साथ निभाउनेछु । तपाईंहरुले मलाई भोट दिनुभएकोमा पछुताउनुपर्ने अवस्था कहिल्यै सिर्जना हुन दिने छैन । मेरो प्रत्येक कदम जनताको हित,विकास र समृद्दिका लागि समर्पित रहनेछन ।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
