नेपाल पत्रकार महासँघ स्याङ्जाका पुर्व उपाध्यक्ष भवानी अधिकारी गण्डकि प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामागठित ९ सदस्यीय सञ्चार समन्वय समितिमा मनोनित भएकी छन् । गण्डकी प्रदेश सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको अध्यक्षतामा गठित ९ सदस्यीय सञ्चार समन्वय समितिले विभिन्न जिल्लामा क्रियाशिल ४ जना पत्रकारहरुलाई मनोनित गरेको हो ।
२०८२ माघ २ गते मुख्य मन्त्रीस्तरीय निर्णयानुसार सो समितिमा २ जना महिला सहित ४ जनालाई मनोनित गरिएको हो । मनोनित हुनेमा स्याङ्जाकी अधिकारी सहित कास्कीमा क्रियाशिल राजबहादुर गुरुङ र दिपेन्द्र श्रेष्ठ, पर्वतका माया अधिकारी हुन ।
अन्य सदस्यहरुमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव द्धय कृष्णप्रसाद लम्साल र ऋषिराज आचार्य, आर्थिकमामिला मन्त्रालयका सचिव डा. टोकराज पाण्डे, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, र प्रेस रजिष्टार बिमला भण्डारी सदस्य सचिव छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
